मधेस प्रदेशका चार जिल्लाका तीन सय १० वटा सहकारी संस्थाहरु सम्पर्कबिहीन भएका छन् ।
भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका अनुसार चार जिल्लामा मात्रै रहेका यी सहकारी संस्थाहरु सम्पर्क बिहीन रहेका हुन् ।
धनुषा,महोतरी,सिराहा र सप्तरी गरि चार जिल्लाका सहकारीहरु सम्पर्कबिहीन रहेका हुन । बितेको चैत १८ गते मन्त्रालयले प्रदेशमा रहेका आठ मध्ये धनुषा,महोतरी,सिराहा र सप्तरी गरि चार जिल्लाका सहकारीहरुलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ ।तीन सय १० वटा सहकारीहरु सम्पर्कमा आउन भनिएको छ ।यी सहकारीहरुले हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएको जनाइएको छ । कुनै कोपोमिस प्रणालीमा आबद्ध नभएको पाइएको छ ।आबद्ध भएपनि प्रतिबेदन पेश गर्ने लगायतका कार्यहरुमा निष्क्रिय रहेको पाइएको छ । कार्यालयबाट पटक पटक ताकेता गर्दापनि तदारुकता नदेखाएकोले सम्पर्कमा आउन सूचना मार्फत भनिएको छ ।यी सहकारी संस्थाहरु मध्ये थुप्रै सहकारीहरुको प्रमाणपत्र नै नभेटिएको सूचनामा जनाइएको छ । यी चार जिल्लाका सहकारीहरुमा यस्तो देखिएकोे मन्त्रालयका शाखा अधिकृत सुनिल थापाले जानकारी दिए ।सूचना जारी गरिएपछि केही सहकारीहरु सम्पर्कमा आउन थालेको उनले जनाए । केहीले कागजपत्रहरु पेश गरेको उनले बताए ।हालसम्म जिल्ला स्थित डिभिजन सहकारीहरुको विवरण अनुसार मधेस प्रदेशमा आठ सय २२ वटा सहकारी सस्थाहरु रहेकोमा सो मध्ये करिब ६ सय संस्थाहरु कुनन अवस्थामा छन के गर्दैछन भन्ने बिषयमा मन्त्रालयमा जानकारी नरहेकोे थापाले बताए ।उनले सहकारीलाई नियमन गर्न प्रदेश स्थित भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शुरु गरेको बताए ।प्रदेश सरकारले सहकारी सम्बन्धी नियमावली तयार पारेर सहकारीको नियमनको लागि रजिष्ट्रारको कार्यालय समेत स्थापना गरिसकेको थापाको भनाई छ ।


