बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामान लोड रहेको एउटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका–८ घण्टाघरचोक स्थित सडकखण्डमा ना.३ ख ५१६५ नम्बरको ट्रकलाई रोकी जाँच गरेको थियो ।
जाँचको क्रममा ट्रकमा लोड रहेको ५८ लाख ४६ हजार २४१ बराबरको विल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको पाइएको छ ।
सामान सहित ट्रकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।


