सार्वजनिक बिदाका दिनमापनि जिल्ला प्रशासन कार्यालय पर्साले दिने भयाे सेवा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
cdo-office-parsa

वीरगन्ज,८बैशाख:जिल्ला प्रशासन कार्यालय पर्साले २०८१ सालका केहि सार्वजनिक बिदाका दिनमा पनि सेवा दिने जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गरी यसबारे जानकारी दिएको हो ।

उक्त सूचनामा राजपत्रमा उल्लेखित अन्य सार्वजनिक बिदाका दिन र शनिबारका दिन बाहेक यस वर्ष परेका १९ वटा सार्वजनिक बिदाका दिनमापनि कार्यालयबाट सार्वजनिक सेवा प्रवाह हुने उल्लेख छ ।पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जारी गरेकाे सूचनामा २०८१ साल बैशाख १ गतेदेखि चैत मसान्तसम्म परेका १९ वटा सार्बजनिक बिदाका दिनमा पनि कार्यालयबाट सेवा प्रदान गरिने उल्लेख  छ।

यस बर्ष गणतन्त्र दिवस,शहिद दिवस, रामनवमी,घटस्थापना,क्रिसमस डे,ल्हाेसार,गणतन्त्र दिवस,रक्षाबन्धन,बुद्ध जयन्ती ,उभाैंली
पर्ब,महाशिवरात्री,माघी पर्ब,पृथ्वी जयन्ती,इद उल फित्र,बकर ईद,राष्ट्रिय प्रजातन्त्र दिवस,श्रीकृष्ण जन्माष्टमी गरी विभिन्न पर्ब र दिवस गरी १९ दिन सार्बजनिक बिदा दिइएको भएपनि ती दिन जिल्ला प्रशासन कार्यालय पर्साबाट सेवा प्रदान गरिने जनाइएको छ।

आधारभूत सेवा जस्तै नागरिकता सम्बन्धी सेवा,राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण सम्बन्धी सेवा प्रवाह गर्ने विशेष व्यवस्था मिलाईएको उक्त सूचना मार्फत जानकारी गराइएको छ ।

यसका साथै जिल्लास्थित अन्य अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयबाट समेत नियमित रुपमा अत्यावश्यक सेवा प्रवाह हुने व्यवस्था मिलाईएको सुचनामार्फत जनाइएको छ ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >