जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को कार्यालयले अब आफ्नै प्रशासनिक भवनबाट कामकाज गर्ने भएको छ ।
प्रशासनिक भवनको आईतबार एक कार्यक्रमका विच उद्घाटन भएसंगै अब दैनिकी कामकाज आफ्नै भवनमा हुने भएको छ ।
६२ लाख ६० हजार रुपैंयाको लागतमा वडाको बडहर्वामा निर्माण भएको आठकोठाको दुईतल्ले भवनको जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गराउनुभएको भएको हो ।
प्रशासनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर उपप्रमुख अधिकारीले भवन मात्रै सबै थोक नभएको भन्दै भवन भित्रबाट पाउने सेवा महत्वपूर्ण हुने बताउनु भयो । भवन त बन्यो । यो सबै थोक होईन । यहाँबाट प्रवाह हुने सेवाले जनताको मन जित्न सक्नु पर्ने हुन्छ । यसपछी मात्रै भवनले सार्थकता पाउने हो ,उहाँले भन्नु भयो ।
यस्तै उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवजी प्रसादले राज्य शंरचना ले ब्यवस्था गरे अनुरुप सिंहदरबारको सेवा गाउँसम्म ल्याउने माध्यमको रुपमा रहेको वडा समितिको प्रशासनिक भवन अत्यावश्यक भएको बताउनु भयो ।
पछील्ला केही बर्ष कलैया र जीतपुरसिमरा उपमहानगरका दुई वडा कार्यालय एउटै साँघुरो भवनमा रहेर काम गर्दाका कठिनाई आजबाट अन्य भएकोमा खुशि ब्यक्त गर्नु भयो ।
स्तनपान कक्ष सहित अपाङ्गमैत्री वडाको प्रशासनिक भवन उद्घाटन समारोहका बिच वडाको विकासमा योगदान गरेका आधा दर्जन ब्यक्तिहरुलाई सम्माान पनि गएिको छ ।
यसअघि वडा कार्यालय साविक मनहर्वा गाविसको भवनमा संचालन हुँदै आएको थियो । सो भवनमा कलैया उपमहानगरपालिका वडा नं.२४ को कार्यालय र जीपुरसिमराको १८ वडा कार्यालय गरी संयुक्त रुपमा संचालन हुदै आएको थियो ।


