सशस्त्र प्रहरी पर्साद्वारा १५ लाखको भन्सार छलीका सामान भन्सार दाखिला

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
prahari

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले १५ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामानहरू बरामद गरी भन्सार दाखिला गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका – १६ भन्सार मेन गेट वरपरको इलाकाबाट १५ लाख बराबरको भन्सार छलीका सामानहरू बरामद गरी भन्सार दाखिला गरेको हो ।

सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर वीरगञ्जका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) देवेन्द्र बहादुर सिंहका अनुसार टोलीले चेकजाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको कपडा, इलेकट्रोनिक्स, कस्मेटिक, खाद्यान्न, जुत्ता, चप्पल, खेलौना, मोटर पार्टसहरू र एम्बिसन/कस्तुरी मदिरालगायतका सामानहरू र उक्त सामानहरू ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकल र एउटा स्कुटर समेत नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा लिएको उक्त सामग्रीहरूको १५ लाख ३४ हजार ४ सय ६६ रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको डिएसपी सिंहले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >