जीतपुरसिमरा १८ को अब आफ्नै प्रशासनिक भवन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
439319543_963034541945379_7465789141292357908_n-860x484

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को कार्यालयले अब आफ्नै प्रशासनिक भवनबाट कामकाज गर्ने भएको छ ।

प्रशासनिक भवनको आईतबार एक कार्यक्रमका विच उद्घाटन भएसंगै अब दैनिकी कामकाज आफ्नै भवनमा हुने भएको छ ।

६२ लाख ६० हजार रुपैंयाको लागतमा वडाको बडहर्वामा निर्माण भएको आठकोठाको दुईतल्ले भवनको जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गराउनुभएको भएको हो ।

प्रशासनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर उपप्रमुख अधिकारीले भवन मात्रै सबै थोक नभएको भन्दै भवन भित्रबाट पाउने सेवा महत्वपूर्ण हुने बताउनु भयो । भवन त बन्यो । यो सबै थोक होईन । यहाँबाट प्रवाह हुने सेवाले जनताको मन जित्न सक्नु पर्ने हुन्छ । यसपछी मात्रै भवनले सार्थकता पाउने हो ,उहाँले भन्नु भयो ।

यस्तै उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवजी प्रसादले राज्य शंरचना ले ब्यवस्था गरे अनुरुप सिंहदरबारको सेवा गाउँसम्म ल्याउने माध्यमको रुपमा रहेको वडा समितिको प्रशासनिक भवन अत्यावश्यक भएको बताउनु भयो ।

पछील्ला केही बर्ष कलैया र जीतपुरसिमरा उपमहानगरका दुई वडा कार्यालय एउटै साँघुरो भवनमा रहेर काम गर्दाका कठिनाई आजबाट अन्य भएकोमा खुशि ब्यक्त गर्नु भयो ।

स्तनपान कक्ष सहित अपाङ्गमैत्री वडाको प्रशासनिक भवन उद्घाटन समारोहका बिच वडाको विकासमा योगदान गरेका आधा दर्जन ब्यक्तिहरुलाई सम्माान पनि गएिको छ ।

यसअघि वडा कार्यालय साविक मनहर्वा गाविसको भवनमा संचालन हुँदै आएको थियो । सो भवनमा कलैया उपमहानगरपालिका वडा नं.२४ को कार्यालय र जीपुरसिमराको १८ वडा कार्यालय गरी संयुक्त रुपमा संचालन हुदै आएको थियो ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >