पर्सामा ९ महिनामा सवारी दुर्घटनामा परी ३९ को मृत्यु,सबैभन्दा बढी मोटरसाइकल दुर्घटना

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
accident

पर्सामा ९ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ३९ जनाले ज्यान गुमाएका छन् ।चालु आर्थिक बर्ष २०८०/०८१ को साउनदेखि गत चैत महिनासम्म ९ महिनाको अवधिमा जिल्लाका विभिन्नस्थानमा भएका ५ सय २९ वटा सवारी दुर्घटनामा ३९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो अवधिमा सबै भन्दा बढी ३ सय ७४ वटा मोटरसाइकल दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । यस्तै ९ महिनामा भएका सवारी दुर्घटनामा ५२६ जना घाइतेपनि भएका छन् । तीमध्ये गम्भीर घाइते ६५ जना र सामान्य घाइते ४६१ जना रहेको खतिवडाले जानकारी दिए।

यस्तै उक्त ९ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका सवारी साधनलाई गरिउको कारबाहीबाट १ करोड ८७ लाख भन्दा बढी राजश्व संकलनपनि भएको खतिवडाले बताए ।

उनका अनुसार, ९ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका १८ हजार ४ सय ८२ सवारी साधन कारबाहीमा परेको र जरीबाना बापत १ करोड ८७ लाख ७९ हजार ७ सय ५६ रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । कारबाहीमा पर्ने सवारीसाधन मध्ये सबैभन्दा बढी ८ हजार ३ सय २० वटा मोटरसाइकल रहेकोपनि उनले बताए ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >