पर्सा :९ लाख बराबरका लत्ताकपडा तथा औषधी पक्राउ ।

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20240425_082928

बिरगंज ,१३ बैशाख।

पर्सा प्रहरीले ९ लाख ९० हजार १सय ८०रुपैयाँ बराबरको भन्सार छलिएका लत्ताकपडा तथा औषधी पक्राउ  गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका युनिटबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूबाट नौ लाख नवे हजार एक सय असी बराबरका  विभिन्न किसिमका लत्ताकपडाहरू, औषधीहरू बरामद गरि आवश्यक कारवाहीको लागि मिति २०८१।०१।१२ गते वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।

पर्सा प्रहरीका अनुसार वडा प्रहरी कार्यालय श्रीपुरले वीरगञ्ज म.न.पा.वडा नं.११ कृषी अनुसन्धान केन्द्र स्थित सडकखण्डबाट रु.२ लाख १२ हजार बराबरको लाईकोपेन, ग्रेप सीड एक्स्ट्रक्ट,मल्टिभिटामिन लगायत लाईको प्लस नामक औषधी ६६ डिबामा पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय विर्ताले वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोक स्थित सडक खण्डबाट ६ लाख ६८ हजार १ सय ८० बराबरको कुर्ता सुरवाल-२९० पिस, टपस-१९६ पिस, टि-सर्ट-११० पिस, चिनी-२८० के.जी., मोबाईलका डिस्पले-६० पिस, पाईप-२ बण्डल, पाईन्ट थान-१०० मिटर, सर्ट थान-२१० मिटर नियन्त्रणमा लिएको छ।

प्रहरी चौकी सिर्सियाले वीरगञ्ज म.न.पा.वडा नं.१७ अलौ स्थित सडकखण्डबाट पाइन्ट-४ थान, सर्ट-४ थान, प्याज-१ बोरा, कुर्ता सुरवाल-१४ पिस गरी जम्मा रु.१ लाख १० हजार बराबरका मालबस्तुहरू बरामद गरि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको  डिएसपी थापाले जनाएका छन् ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >