४० लाख बढी मूल्यको कपडासहितका दुई वटा गाडी पर्सा प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
police-news-gadi-kapada

वीरगन्ज,१३बैशाखःप्रहरीले वीरगन्जबाट तस्करीको आशंकामा ४० लाखभन्दा बढी मूल्यको कपडासहित एउटा ट्रयाक्टर र पिकअप गाडी नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

वीरगन्ज भन्सारको एकीकृत जाँच चौकी (आईसिपी) बाट भन्सार जाँचपास भएर निस्किएका बीआर ०५जिए ९०४२ नम्बरको पिकअप गाडी र बीआर २२ क्यू ७७२७ नम्बरको ट्रयाक्टर प्रहरीले वीरगन्ज–२५ अलौंमा रोकेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा ती दुवै गाडीमा लोड रहेको कपडा भन्सार प्रज्ञापनपज्ञ र बीलबिजक भन्दा बढी परिमाणको भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

ती दुवै गाडीबाट गरी ४० लाख ३६ हजार २०१ रुपैयाँ मूल्यका विभिन्न किसिमका कपडा बरामद गरिएको उनले जानकारी दिए ।
बरामद कपडासहित दुवै गाडी आवश्यक कारबाहीका लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको थापाले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >