मधेश प्रदेशको आठ जिल्लामा अहिले आगलागीको गम्भीर घटनाहरु भइरहेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगलागी भएर घरबारविहीन बनाएकाहरुलाई सकेसम्म प्रदेश सरकारले राहत दिने जनाएका छन् ।
अहिलेको हावाहुरीको मौसममा मधेसमा दैनिक भईरहेको आगलागिलाई नियन्त्रण गर्नको लागि प्रदेशबासी चनाखो हुन जरुरी रहेको उनले बताएका छन् ।
गर्मी र हावाहुरीको मौसम शुूरु हुना साथ मधेस प्रदेशमा आगलागिका घटनाहरु बढदै गएको छ ।
दिउँसो र रातिको समयमा चल्ने हावाहुरीका कारण दैनिक जसो आगलागीका घटना भईरहेको छ। आगलागीले मधेसका आठवटै जिल्लाहरुमा घर,धन सम्पति,खाद्यान्न लगायतमा क्षति गरिरहेको छ ।
गएको सोमबार पर्साको सदरमुकाम वीरगञ्जको अलौमा आगलागि हुदा सात जना घर परिवारलाई घरबारबिहीन बनाएको छ ।
त्यस्तै बुधबार दिउँसो महोतरीको मटिहानी नगरपालिका ६ जरलहवामा भएको आगलागीले बस्ती नै सखाप गरेको छ ।त्यहाँ डेढ सय भन्दा बढी घरहरु जलेर खरानी भएको छ ।
वीरगञ्जको अलौमा भएको आगलागीले आफनो घर सहित छिमेकीको घर पनि जल्दा करोडौको क्षति पुगेको अदालत साहले बताएका छन् ।महोत्तरीको मटिहानी नगरपालिकामा भएको आगलागीमा एउटा टोल नै जलेर नष्ट भएको छ ।
त्यहाँ डेढ सय भन्दा बढी घर परिवार घरबार बिहीन बनेका छन ।आगलागीले टोलका सयौ भन्दा बढीको घर जलाएको तथा घरबारबिहीन बनाएकोले सकेसम्म आफुले पालिकासहित अन्य निकायबाट पनि राहत तथा सहयोग गर्ने काम गरिरहेको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जानकारी दिएका छन् ।
पर्सा र महोत्तरीमा नभई मधेस प्रदेशको बारा रौतहट सर्लाही धनुषा सिरहा जिल्लामा पनि आगलागीका घटनाहरु भएका छन ।जसमा दैनिक करोडौको क्षति प्रदेशबासीले बेहोरिरहेका छन


