धनुषामा आगलागी हुँदा ६ लाखको सामान जले

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
aaglagi-1

१५ वैशाख, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाको एक घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ भन्दा बढीको धनमाल क्षति भएको छ ।

हंसपुर नगरपालिका २ बघचौडाका स्थानीय श्यामनाथ साहको सामान राख्ने घरमा शुक्रबार राति साढे १० बजे आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेको टेन्ट हाउसको सामान, बाजा, लत्ताकपडा, अन्नपात, नगद गरी गरी ६ लाख १० हजार रुपैयाँको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आगलागी धनुषाधाम नगरपालिकाको बारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।

आगलागी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित परिवारले परिवारभित्रको विवादमा ज्वाइँले आगलागी गराएको आरोप लगाएका छन् ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >