नेपाली नक्कली नाेटसहित दुई जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Nakali-note-750x375

(पर्सा), १८ वैशाख । वडा प्रहरी कार्यालय विर्ताले साेमबार वीरगंजबाट नेपाली नक्कली नाेटसहित दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बाराकाे प्रसौनी गाउँपालिका वडा नं.२ निवासी ४० बर्षिय हलिमा खातुन र भारत विहार पश्चिमी चम्पारण वेतिया भावल पञ्चायतका ३० बर्षिय क्यामुदिन मियाँ रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

वीरगंज महानगरपालिकाकाे वडा नं. ९ घण्टाघरस्थित सडकखण्डमा साेमबार राति ८ बजेकाे समयमा संकास्पदरूपमा पैदल हिंडिरहेका अवस्थामा रोकी खानतलासी गर्दा भारतिय नागरिक क्यामुदिन मियाँको साथबाट नेपाली नक्कली रू. एक हजार दरका नोट १ थान र हलिमा खातुनको साथबाट नक्कली नेपाली रु. एक हजार दरका नोट १२२ थान गरी जम्मा रु एक लाख २३ हजार फेला परेकाे प्रवक्ता थापाले वताए ।

बरामद नक्कली नोट सहित दुबै जनालाई नियन्त्रणमा लिई मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेकाे उनले वताए ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >