बाराबाट २१६ किलो गाँजासहित २ जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
439929593_953318883464624_1635135152094198184_n

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले २१६ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको सयुँक्त टोलीले बाराको निजगढ नगरपालिका वडा नम्बर १० लालपार्कस्थित रतनपुरबाट लागूऔषध गाँजा बरामद गरेको हो । 

रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ख७५५२ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकभित्र लुकाईछिपाई राखिएको २१६ किलो गाँजा फेला परेको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनकाअनुसार ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ घर भई हाल बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय आकाश भन्ने दिपक कोईराला र ट्रकमा सवार मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी बस्ने ३० वर्षीय जिबन घलानलाई नियन्त्रणमा लिइएको छ । दुवैजनालाई लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । 

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >