बारा प्रहरीको थुनामा रहेका अभियुक्तलाई छुटाइदिने भन्दै ६ लाख रुपैयाँ ठग्ने कानु पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
bara-thagi-

बारा,१८बैशाखः व्याक्ति हत्याको आरोपमा अनुसन्धानका लागि प्रहरी थुनामा रहेका अभियुक्तलाई छुटाइ दिने भन्दै अभियुक्तका परिवारसंग ६ लाख रुपैयाँ लिएका एक व्याक्ति बारामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बडहर्वाका ४१ बर्षिय दुर्गा साह कानु रहेका छन् । उनलाई प्रहरीले गत आइतबार पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो ।

ज्यान सम्बन्धि कसूरको अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराको थुनामा रहेका एक अभियुक्तका आफन्तले दिएको जाहेरीका आधारमा कानुलाई गत आइतबार पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

प्रहरीका अनुसार, प्रहरी थुनामा रहेका अभियुक्तका आफन्तसंग कानुले ६ लाख रुपैयाँ लिएका थिए । पक्राउ परेका कानुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनिविरुद्ध ठगी मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको न्यौपानेले बताए ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >