सशस्त्र प्रहरीद्वारा ७ लाख बढीको भन्सार छलीका कपडा बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
vansar-chhali-kapada--yatra_ZvGIptuq8i

 सशस्त्र प्रहरीले सात लाख बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित बाँसझाङ र भुटनदेवी क्षेत्रबाट ७ लाख ३३ हजार एक सय मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहकाअनुसार भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा लगायतका सामग्री नियन्त्रणमा लिइएको हो । 

कपडा ओसारपसारमा प्रयोग गरिएका दुई वटा साईकलसहित बाराको जितपुर सिमरा उपमहानगरपालिका निवासी ३७ वर्षीय महिला र बाराकै बिश्रामपुर गाउँपालिकाका ४० वर्षीय पुरुषलाई नियन्त्रणमा लिइएको सिंहले बताए ।आवश्यक कारवाहीका लागि बरामद सामग्रीसहित नियन्त्रीत दुई जनालाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । 

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >