काठमाडौंबाट भैरहवा उडेको जहाज जनकपुरमा आकस्मिक अवतरण

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_2024-05-07-00-05-40-229_com.facebook.katana-edit

काठमाडौं,२५बैशाख:साेमबार बेलुकी काठमाडौंबाट यात्रुहरुलाई लिएर  भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार बेलुकीको हुरीले उडान प्रभावित भएको बताइएको छ।

उक्त जहाज क्याप्टेन लबिस चन्दले उडाएका थिए।उक्त जहाजमा यात्रा गरेकी कलाकार शान्ति श्री परियारले कठिन अवस्थामा जहाज जनकपुर अवतरण भएको बताइन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्- ‘धन्यवाद क्याप्टेन लबिस चन्द, प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रायस जारी राख्नु भो र गन्तव्यभन्दा फरक ठाउँमा अवतरण भयो तर सबैलाइ नयाँ जीवन त दिनुभयो नि ।’

जिल्ला प्रहरी कार्यालय धनुषाले जहाज आकस्मिक अवतरण भएको जानकारी आएपनि थप विवरण प्राप्त नभएको बतायो । सोमबार साँझ राजधानी सहित देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भएको थियो।

खराब मौसमको कारण कतिपय आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका थिए।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >