१५ हजार मासिक तलब खाने कर्मचारीको घरमा ३० करोड भेटिएपछि

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
bharu_s6EZY04LK1

वीरगन्ज । भारतमा मासिक १५ हजार भारु तलब खाने एक व्यक्तिको घरमा ३० करोड भारु भेटिएको छ । ती व्यक्ति झारखन्ड सरकारका मन्त्री आलमगीर आलको निजी सचिवका नोकर हुन् । 

प्रवर्तन निर्देशनालय (ईडी)ले राँचीमा छापा मार्ने क्रममा नोकरको घरबाट २० देखि ३० करोड भारु नगद फेला पारेको हो । सोही घरमा अर्को एक स्थानबाट तीन करोड भारु बरामद भएको पनि बताइएको छ । सम्पत्ति शुद्धीकरण मामिलामा छानबिनका क्रममा आलमगीर आलमको नाम आएको थियो ।

आलमको मन्त्रालयमा भ्रष्टाचार भइरहेको र पैसा नोकरहरुको घरमा पठाइरहेको जानकारी ईडीले पाएको थियो । यही जानकारीका आधारमा ईडीले मन्त्रीका निजी सचिवको नोकरको घरमा छापा मारेको थियो । १० हजार भारु घुस लिएको मामिलामा छापा मार्दा करोडौं रकम भेटिएको बताइएको छ ।

गएको वर्ष झारखन्डमा कंग्रेसको राज्यसभाको सांसद र व्यापारी धीरज साहुको घरमा आय कर विभागले छापा मार्दा ३ अर्ब ५० करोड भारु भन्दा बढीको नगद बरामद भएको थियो । तर साहुले बरामद भएको रकम आफ्नो रक्सी कम्पनीको भएको बताएका थिए ।  

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >