जनकपुरमा पस्ताेल देखाएर ८० लाख रुपैयाँ लुट्ने दुई जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_2024-05-12-20-41-20-251_com.facebook.katana-edit

जनकपुरधाम,३०बैशाख:जनकपुरमा पेस्ताेल देखाएर सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा धनुषाकै मिथिला नगरपालिकाका जनक महतो र श्रवण कापर पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूको साथबाट केही रकम समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।प्रहरीका अनुसार उनीहरुको साथबाट हाल १४ लाख ५३ हजार मात्र बरामद भएको हो ।

गत वैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरको शुभश्री वचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम १९ मा पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटेका थिए।

पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला  प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >