जनकपुरबाट वीरगञ्ज आउँदै गरेको बस रौतहटको जङ्गलमा बस पल्टिँदा ३२ जना घाइते

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Bus_IYxmUuQLuW

 जनकपुरबाट वीरगञ्ज आउँदै गरेको बस रौतहटको जङ्गलमा पल्टिएको छ। 

शुक्रबार बिहान करिब साढे ६ बजेको समयमा जनकपुरबाट वीरगञ्ज आउँदै गरेको ना ४ ख ४१२४ नम्बरको बस  पूर्वपश्चिम राजमार्गस्थित चन्द्रपुर २ को लच्का नजिक पल्टिएर दुर्घटना भएको हो।  

अचानक बस पल्टिँदा सो बसमा सवार ३२ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुर्घटनामा परी घाइते भएका सबैजनाको चन्द्रनिगापुरस्थित चन्द्रपुर हस्पिटल प्राली र सिभिल हस्पिटल प्रालीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

घाइते मध्ये सबैको अवस्था सामान्य रहेको छ। बस चालक धनुषाको जनकपुर उपमहानगरपालिका ७ का राजकुमार मण्डललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >