जनकपुरमा आज जानकी नवमी मनाइँदै

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1-1715919887877_7UzQOAfhYg

मिथिलाञ्चलमा शुक्रबार  जानकी नवमी मनाइँदै छ।

जानकी मन्दिरका महन्थ रामरोशन दासले जानकी जन्म महामहोत्सवको अवसरमा  बिहान साढे ७ बजे दूधमती शाही स्थान भएको बताए ।

मध्याह्न १२ बजे जानकीको प्राक्टय बधाइ मंगलगान र आरती, ४ बजे मन्दिरबाट डोला निस्कने र साँझमा सन्ध्या आरती र त्यसपछि बधाइ मंगलगान हुने उनले जानकारी दिए।

जानकी जन्ममहोत्सवको अवसरमा वैशाख २७ गतेदेखि मन्दिरको प्राङ्गणमा बधाइ गान, मंगलगान, सन्ध्या आरती, भजन तथा रामकथा आयोजना हुँदै आएको छ। 

 मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जानकी नवमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। जानकी नवमीमा राष्ट्रिय पर्व मनाउनुपर्ने र देशैभर सार्वजनिक विदा दिनुपर्ने जनकपुरधामका बासिन्दाको माग छ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >