भारतको आन्ध्र प्रदेशमा ७ करोड नगद बोकेको गाडी सडकमा पल्टियाे

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240517-083735_1

वीरगंज । भारतको आन्ध्र प्रदेशमा शनिबार फेरि ठुलो परिमाणमा नगद जफत भएको छ । राज्यको पूर्वी गोदावरी जिल्लामा टाटा एसमा कार्डबोर्डमा लुकाएर लैजाँदै गरिएको अवस्थामा ७ करोड भारु फेला परेको हो ।

राज्यको नल्लाजर्ला मन्डलको अनन्तपल्लीमा एक लरीसँग ठोक्किएपछि टाटा एस पल्टियो । गाडी पल्टिँदा सडकभरि पैसा छरियो ।

गाडीमा बोराहरू थिए । बोराहरूको बिचमा कार्टुन भरि–भरि पैसा थिए । घटनास्थलबाट प्रहरीले पुग्दा ७ करोड नगद भेटेको बताइएको छ । पल्टिएको टाटा एस विजयवाडाबाट विशाखापट्टनतिर गइरहेको थियो । यस घटनामा टाटा एसका चालकलाई चोट लागेको बताइएको छ । अस्पतालमा उनको उपचार भइरहेको छ ।

यसअघि शुक्रबार आन्ध्र प्रदेशको एनटीआर जिल्लामा प्रहरीले खनतललासीको क्रममा पाइप भरिएको ट्रकमा ८ करोड नगद भेटिएको थियो । प्रहरीले ट्रक र पैसा सहित ट्रकमा सवार दुई जनालाई पनि समातेको बताइएको छ ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >