सशस्त्र प्रहरीद्वारा वीरगञ्जबाट ६ लाख बढीको भन्सार छलीका सामग्री बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
saman-baramad--apf--birgunj---yatra_sPdKPWwog2

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट ६ लाख बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोली वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार गेटस्थित क्षेत्रबाट भन्सार छलीका सामग्री बरामद गरेको हो । 

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा ५ लाख १० हजार ६०५ रुपैयाँ बराबरको कपडा, डिनर प्लेट र किराना सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नमबर १३ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए । 

त्यस्तै प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाटै खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौबाट पनि भन्सार छलीका सामग्री बरामद गरेको छ । भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १ लाख १० हजार ४८० रुपैयाँ बराबरको कपडा तथा किराना सामग्री बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ छटीघाटबाट पनि सशस्त्र प्रहरीले १८ हजार ८९० रुपैयाँ बराबरको चामल र प्याज बरामद गरेको छ । बरामद गरिएका ६ लाख ३९ हजार ९७५ रुपैयाँ बराबरका सबै सामग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । 

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >