भारतको आन्ध्र प्रदेशमा ७ करोड नगद बोकेको गाडी सडकमा पल्टियाे

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240517-083735_1

वीरगंज । भारतको आन्ध्र प्रदेशमा शनिबार फेरि ठुलो परिमाणमा नगद जफत भएको छ । राज्यको पूर्वी गोदावरी जिल्लामा टाटा एसमा कार्डबोर्डमा लुकाएर लैजाँदै गरिएको अवस्थामा ७ करोड भारु फेला परेको हो ।

राज्यको नल्लाजर्ला मन्डलको अनन्तपल्लीमा एक लरीसँग ठोक्किएपछि टाटा एस पल्टियो । गाडी पल्टिँदा सडकभरि पैसा छरियो ।

गाडीमा बोराहरू थिए । बोराहरूको बिचमा कार्टुन भरि–भरि पैसा थिए । घटनास्थलबाट प्रहरीले पुग्दा ७ करोड नगद भेटेको बताइएको छ । पल्टिएको टाटा एस विजयवाडाबाट विशाखापट्टनतिर गइरहेको थियो । यस घटनामा टाटा एसका चालकलाई चोट लागेको बताइएको छ । अस्पतालमा उनको उपचार भइरहेको छ ।

यसअघि शुक्रबार आन्ध्र प्रदेशको एनटीआर जिल्लामा प्रहरीले खनतललासीको क्रममा पाइप भरिएको ट्रकमा ८ करोड नगद भेटिएको थियो । प्रहरीले ट्रक र पैसा सहित ट्रकमा सवार दुई जनालाई पनि समातेको बताइएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >