७ जेठ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै तरूण दलले मसाल जुलुस निकालेको छ ।
सोमबार काठमाडौंको बत्तीसपुतलीदेखि गौशालासम्म गृहमन्त्री लामिछानेको राजीनामा माग्दै तरूण दल काठमाडौंले मसाल जुलुस निकालेको हो ।
साथै सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको तरूण दल काठमाडौंका सचिव दिनेश विक्रम शाहले बताए ।
उनले अनलाइनखबरसँग भने, ‘गृहमन्त्री ज्यूको सहकारीमा ठगी गर्नु भएको कागजात नै सार्वजनिक भइसकेपछि पनि कारबाही नगर्नुले सरकार सहकारी ठगहरूको संरक्षण गरिरहेको अनुभूति भइरहेको छ। सहकारी ठगलाई सरकारले नै जोगाएर राखेको छ । त्यसकारण गृहमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ, नभए काठमाडौंको विभिन्न ठाउँमा आन्दोलन हुन्छ। ‘

