पर्साकाे सिडिओ कार्यालयका अधिकृतकाे गाेली हानी हत्या गर्ने कुख्यात अपराधी गिरी १६ बर्षपछि पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20240520_195958492-scaled

वीरगन्ज,०७ जेष्ठ: १६ बर्ष पहिले जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन अधिकृतकाे गाेली हानी हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा पर्साकै सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ५ बलुवाका ७२ बर्षिय प्रेम गिरी रहेका छन्।

पक्राउ परेका गिरीले २०६५ असाेज २२ गते जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत ५२ बर्षिय माेहन प्रसाद मैनालीकाे गाेली हानी हत्या गरेका थिए। त्यस अघि २०५७ भदाै १२ गते पर्साकै विन्दबासिनी गाँउपालिका ४ का ३० बर्षय देवेन्द्र यादवकाे घरमा डकैती गर्ने क्रममा गिरीसहितकाे डाँका समुहले यादवकाे पनि गाेली हानी हत्या गरेका थिए। मैनाली र यादवकाे हत्या गर्ने गिरी हातहितयार तथा खरखजाना मुद्दाका पनि फरार अभियुक्त रहेका थिए।

दुई व्याक्तिकाे हत्या, डाँका मुद्दा र हातहितयार तथा खरखजाना मुद्दामा अदालतबाट दाेषी ठहर भई सजाय समेत ताेकिसकिएका गिरी भारतकाेपनि विभिन्न स्थानमा भएका हत्या,चाेरी,डँकैती लगायतका अपराधिक कृयाकलापमा संलग्न थिए।लामाे समयदृखि नेपाल प्रहरीको सर्वाधिक खाेजी (माेस्ट वान्टेड) काे सुचीमा रहेका गिरीलाई प्रहरीले आइतबार पक्राउ गरेकाे हाे।

विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट आइतबार खटिएको प्रहरी टाेलीले बलुवास्थित आफ्नै घरमा लुकि छिपी बसेकाे अवस्थामा गिरीलाई पक्राउ गर्न सफल भएकाे प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

पक्राउ गरिएका गिरीलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर उनि विरुद्ध पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लई थप अनुसन्धान गरिरहेकाे थापाले जानकारी दिए।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >