इरानमा २८ जुनमा राष्ट्रपति चुनाव

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
iran2024-05-22-09-07-54

इरानले नयाँ राष्ट्रपति चयनका लागि जुन २८ मा राष्ट्रपति चुनाव गराउने सरकारी मिडियाले जनाएको छ । न्यायपालिका, सरकार र संसद्का प्रमुखको बैठकको निर्णयले राष्ट्रपति रायसीको उत्तराधिकारी चयनका लागि मतदान गर्ने निर्णय गरेको हो । उम्मेदवारी दर्ता मे ३० देखि जुन ३ सम्म हुने र चुनावी अभियान अवधि जुन १२ देखि २७ सम्म हुने राज्य सञ्चालित समाचार एजेन्सी इरनाले मंगलबार जानकारी गराएको छ । रइसीको कार्यकाल सन् २०२५ मा सकिँदै थियो, तर उनको असामयिक निधनपछि अब एक वर्षअघि राष्ट्रपतीय निर्वाचन हुने तय भएको हो । 

रइसीको अन्त्येष्टि सुरु
हेलिकोप्टर दुर्घटनामा बितेका दिवंगत इरानी राष्ट्रपति इब्राहिम रइसीको अन्त्येष्टि समारोह मंगलबारदेखि सुरु भएको छ । राज्य सञ्चालित टिभी नेटवर्क प्रेस टिभीले हेलिकोप्टर दुर्घटनास्थल तब्रिजमा राष्ट्रपति रइसी र उनीसँगै मरेका मृतकको अन्त्येष्टिमा ठूलो भीड देखाएको थियो । मे १९ मा उत्तरपश्चिमी इरानको दुर्गम क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा ६३ वर्षीया राष्ट्रपति रइसी, विदेशमन्त्री हुसेन अमिराबदोल्लाहियान र अन्य सातजनाको मृत्यु भएको थियो । राष्ट्रपति रइसीको अन्त्येष्टि मे २३ मा देशको उत्तरपूर्वी सहर मसहादमा हुने उपराष्ट्रपति मोहसेन मन्सुरीले बताएका छन् । इमाम रेजाको समाधिमा बिहीबार साँझ अन्तिम संस्कार गरिने उनले बताए । मुख्य तीर्थस्थलमध्ये एक इमाम रेजा राष्ट्रपति रइसीको गृहनगर मसहदमा अवस्थित छ ।

मृतकका शव कोम सहरको पवित्र तीर्थस्थलबाट जमकरन मस्जिदमा पठाइनेछ, त्यसपछि राजधानी तेहरान लगिनेछ । तेहरानको ग्रान्ड मोसल्लाह मस्जिदमा बुधबार ठूला समारोह आयोजना गरिएको छ । त्यसपछि राष्ट्रपति रइसीको पार्थिव शरीरलाई मसहदको ऐतिहासिक इमाम रेजा मन्दिरमा लगिनेछ, जहाँ इरानका सर्वोच्च नेता आयतोल्लाह खमेनीले प्रार्थना गर्नेछन् । खमेनीले सोमबार पाँच दिनको शोकको घोषणा गरेका गर्दै सार्वजनिक बिदा दिएका छन् ।

उता सरकारले हेलिकोप्टर दुर्घटनाको अनुसन्धान सुरु गरेको छ । इरानी सशस्त्र बलका चिफ अफ स्टाफ मेजर जनरल मोहम्मद बघेरीलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले यस मुद्दाको अनुसन्धानका लागि उच्चस्तरीय प्रतिनिधिमण्डल नियुक्त गरेको जनाएका छन् । ब्रिगेडियर अली अब्दुल्लाहीको नेतृत्वमा प्रतिनिधिमण्डललाई घटनास्थलमा पठाइएको, अनुसन्धान सुरु भइसकेको र मिसन पूरा भएपछि अनुसन्धानको नतिजा घोषणा गरिने बताइएको छ । इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीले संविधानअनुरूप देशका प्रथम उपराष्ट्रपति मोहम्मद मोखबरलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका छन् । त्यस्तै मन्त्रिपरिषद्ले उपविदेशमन्त्री अली बघेरी कानीलाई कार्यवाहक विदेशमन्त्रीको रूपमा नियुक्त गरेको छ ।

ताजा खबर

लोकप्रिय

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >