खैरो हिरोइन र अफिमसहित हेटौंडाका दुई युवक वीरगञ्जबाट पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20240522_070227691-960x540

वीरगञ्ज । प्रतिबन्धित लागुऔषधसहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटस्थित सडकखण्डबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध बरामद गरेको हो 

बा.प्र.०३–०२–प९४५० नम्बरको स्कुटीलाई रोकी चेकजाँच गर्दा स्कुटीको सिटमुनी लुकाई छिपाई प्लाष्टिकको झोलाभित्र लागुऔषध खैरो हिरोइन १५१ ग्राम र अफिम १५४ ग्राम फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । 

मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने २९ वर्षीय समुन्द्र साह र सोही ठाउँका २४ वर्षीय अमिर वानियालाई पक्राउ गरिएको थापाले बताए । उनीहरुविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थपी आवश्यक अनुसन्धान भइरहेको छ ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >