वाणिज्य बैंकहरूले घटाए ब्याजदर

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
bank

वाणिज्य बैंकहरूले आगामी असारका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये तीन बैंकले निक्षेपको ब्याजदर बढाउँदा ११ ले भने घटाएका छन् । बैंकहरूले औसतमा ०.१२ प्रतिशत बिन्दुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

अधिक तरलता भएर राष्ट्र बैंकले निरन्तर तरलता खिच्नुपर्ने अवस्थामा बैंकहरूले कोषका लागि घटाउने लामो अवधिको मुद्दती निक्षेप लक्षित गर्दै सोही अनुसार निक्षेप ‘प्रडक्ट’ अगाडि सारेका छन् ।

लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । कोषको लागत घट्दा आधार दर घटेर कर्जाको ब्याजदर घट्दा ऋणीलाई राहत हुन्छ ।

त्यस्तै बैंकहरूले लगानी गर्न नसकेको तरलताको समेत लागत घट्न जान्छ । कर्जाको माग तत्काल नबढ्ने अवस्था र धेरै बैंकहरूण्को पूँजीकोषमा देखिएको दबाबले ‘एग्रेसिभ’ कर्जा विस्तार गर्ने अवस्था नहुँदा ब्याजदर घटाएको एक बैंकरले बताए ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ ।

यस्तै कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ ।

बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएपछि मात्रै बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन् ।

राष्ट्र बैंकले बैंकहरूलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारका रूपमा सोही वर्गका बैंकले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्न सक्ने व्यवस्था छ ।

‘बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेप बाहेक) को औसत बढीमा १० प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्नेछन्,’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनको ब्याजदर सम्बन्धी व्यवस्थामा छ ।

यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदरबीच अन्तर उक्त निर्देशनले तोकेको सीमाभन्दा बढी हुन गए अधिकतम वा न्यूनतममध्ये सोही एक दर कायम गरी अन्य दर समायोजन गर्नुपर्ने व्यवस्था छ ।

सोही सीमाभित्र रहेर वाणिज्य बैंकहरूले माघको ब्याजदर प्रकाशित गरेका हुन् । असारमा कृषि विकास, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टड र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

असारमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर कृषि विकास बैंकको ५.६६६१ प्रतिशत र एभरेस्ट बैंकको ५.७५ प्रतिशत छ । कृषि विकासले एकदेखि पाँच वर्ष अवधिको मुद्दती निक्षेपमा उक्त ब्याजदर प्रस्ताव गर्दा एभरेस्टले दुई वर्ष माथिको निक्षेपमा उक्त ब्याजदर दिने भएको हो ।

हिमालयन बैंकले भने व्यक्तित मुद्दती निक्षेपको ब्याजदर जेठमा ७.५ प्रतिशत तोकेकोमा असारमा बढाएर ८.२५ प्रतिशत पुर्‍याएको छ । पाँचदेखि १० वर्ष अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा बैंकले उक्त ब्याजदर दिने भएको हो ।

यस्तै ब्याजदर बढाउनेमा नबिल बैंकले ६.७५ प्रतिशतबाट ७ प्रतिशत पुर्‍याएको छ । उसले पाँच वर्ष माथिको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याजदर तोकेको हो ।

माछापुच्छ«े बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा तीन वर्षभन्दा माथि अवधिका लागि ७.५ प्रतिशत ब्याजदर दिने भएको छ । जेठमा अधिकतम ५.२६ प्रतिशत रहेको ब्याजदर बैंकले बढाएको हो ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, एनएमबी र एनआईसी एसिया बैंकले भने ब्याजदर घटाएका छन् ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >