क्याम्पस प्रमुख कुशवाहाको हत्याको विरोधमा कलैयामा प्रदर्शन सुरु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
kalaiaya-pardarsan

बारा,१असारःबाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरिएको घटनाको विरोधमा शनिबार बिहानैदेखि कलैयामा प्रदर्शन भइरहेको छ ।

विभिन्न दलका भातृ संगठन र मृतक कुशवाहाको गाँउ आदर्श कोतवाल गाँउपालिका–२ खजुरियाबाट ट्याक्टरमा सवार भइ आएका गाँउलेहरुले कलैयाममा ठाँउ ठाँउमा टायर बालेर बजार बन्द गराउनुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै प्रदर्शन गरिरहेका हुन् । उनिहरुले कलैया बजारको बिच सडकमै ट्याक्टर तेस्र्याएर सडक अवरुद्धपनि पारेका हुन् ।

कुशवाहालाई गोली हानी हत्या गर्ने हत्याराहरुलाई तत्काल पक्राउ गरि कारबाही गर्न, मृतकका परिवारलाई क्षतिपुर्ति दिनुपर्ने लगायतका माग राख्दै उनिहरुले शनिबार बिहानदेखि कलैयामा प्रदर्शन गरेका हुन् ।

शुक्रबार साँझ बाराकै आदर्श कोतवाल गाउँपालिका–३ बतरा टोलमा अज्ञात समुहले गोली हानी कुशवाहाको हत्या गरेको थियो । कुशवाहा, आदर्श कोतवाल गाँउपालिका–२ खजुरियाका स्थायी बासिन्दा हुन् ।खजुरिया गाँउबाट सदरमुकाम कलैया तर्फ आउने क्रममा बतरा टोलमा शुक्रबार साँझ ६ बजेतिर उनिमाथि गोली प्रहार गरिएको थियो।

कोखामा गोली लागेर गम्भीर घाइते भएका कुशवाहालाई उपचारका लागि वीरगन्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । मोटरसाइकलमा सवार रहेका कुशवाहालाई मोटरसाइकलमै सवार रहेकाा अज्ञात व्यक्तिले गोली प्रहार गरी फरार भएका थिए ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले शुक्रबार नै बेलुकी २ जनालाई नियन्त्रणमा लिएको थियो । तर उनिहरुको परिचय भने प्रहरीले खुलाएको छैन ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >