२७० किलो लागू औषध गाँजा सहित १ जना व्यक्ति प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1

बारा । बारा जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. २१ अमलेखगंजस्थित इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले ठूलो मात्रामा लागू औषध गाँजा सहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ। दिउँसो १२:३० बजे, नारायणगढबाट पथलैया तर्फ गइरहेको भारतीय NL 01N3063 नम्बरको ट्रकलाई शंका लागि रोकी चेकजाँच गर्दा ट्रकको क्याबिन भित्र बक्स बनाई लुकाई छिपाई राखिएको २७० किलो गाँजा फेला परेको हो।

प्रहरीले ट्रक चालक अन्तोस कुमार गिरीलाई नियन्त्रणमा लिएको छ। अन्तोस कुमार गिरी, भारतको थाना रामगढवा ग्राम धनारदिउलिका १९ वर्षीय निवासी हुन्। पक्राउ परेका गिरीको विरुद्ध लागू औषध मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत बारा, कलैयाबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जानकारी गराइएको छ।बरामद गरिएको लागू औषध गाँजा २७ प्याकेटमा, प्रत्येक प्याकेट १० किलोको दरले कुल २७० किलो रहेको छ। यो गिरफ्तारीले लागू औषध ओसारपसारमा संलग्न व्यक्तिहरूको गतिविधि र सुरक्षा निकायको चनाखोपनलाई उजागर गरेको छ। यस घटनाले लागु औषध नियन्त्रणमा प्रहरीको सफल प्रयासलाई पुष्टि गरेको छ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >