वीरगञ्ज । जंगली हातीको दुई वटा दारासहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ गोरखपुर टालबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
ठोरी गाउँपालिका वडा नम्बर ४ का चन्द्र परियारको खेतमा खाल्डो खनी अनुमानित २१/२१ किलोग्रा मतौल भएको दुई वटा हातीको दारा फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए । हातीको दारा विक्रि गर्नका लागि ग्राहक खोजी भइरहेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान तिव्र बनाएको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।
उनकाअनुसार पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ बिजयबस्ती गुम्बालाइन बस्ने ४१ वर्षीय कुइसंग लामा, वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिप्रा बसने ४० वर्षीय प्रेम शर्मा र वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१

