भारतबाट तस्करी गरी ल्याइएको ७१२ बाेरा मल सहित एक तस्कर वीरगन्जबाट पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20240621_184624218-scaled

वीरगन्ज,७असार:वीरगन्जमा भारतबाट तस्करी गरी ल्याएर राखिएको ठूलाे परिमाणको रासायनिक मल प्रहरीले बरामद गरेकोे छ।वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित वैष्णाेदेवी मन्दिर अगाडिको बृजकिशाेर महताेकाे घरमा गाेदाम बनाएर भण्डारण गरी राखिएको अवस्थामा ५० केजी ताैलका ७१२ बाेरा मल प्रहरीले बरामद गरेको हाे।

विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टाेलीले नवलपरासीको कावासाेतीका ज्ञान बहादुर महताेले नगवाका बृजकिशाेरकाे घर भाडामा लिएर गाेदाम बनाई भण्डारण गरेर राखेकाे ७१२ बाेरा मल बुधबार साँझ बरामद गरेकाे प्रहरी उपरीक्षक कुमाेध ढुंगेलले जानकारी दिए।

मलसंगै ज्ञान बहादुरलाईपनि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए।बरामद उक्त मलकाे बजार मूल्य अन्दाजी १० लाख रुपैयाँ रहेकाे उनले बताए ।

बरामद मल र पक्राउ परेका ज्ञान बहादुरलाई शुक्रबार आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >