नवलपुरमा नारायणी नदीमा डुबेर एक बालक वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गएराति गैडाकोट ६ गैह्री बस्ने वर्ष ८ का युनिस नेपाली नारायणी नदीमा डुवेर बेपत्ता भएका हुन् ।
नेत्रबहादुर नेपालीको छोरो युनिस नेपाली गएराति ८ बजेतिर घरदेखि ५ सय मिटर पर नारायणी नदी किनारमा राखेको काठको डुंगामा साथीहरुसँग खेल्ने क्रममा डुंगाबाट चिप्लिएर नदीमा बेपत्ता भएका हुन् ।
तीन जना बालकहरु डुंगामा खेलिरहेकोमा युनिस नारायणीमा डुबेर वेपत्ता भएपछि अन्य साथीहरुले घरमा खबर गरेका थिए। उनको आज विहान पनि खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

