वीरगञ्जमा अबैध रुपमा ल्याउँदै गरेको ३ हजार बोइलर कुखुराका चल्ला नष्ट

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
hen

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थित विन्दवासिनी मन्दिर अगाडि अवैध रुपमा भारतबाट पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको मुल्य रु. ३ लाख बराबरको ३ हजार गोटा प्रतिबन्धित बोइलर कुखुराका चल्ला बरामद गरेको छ।

बरामद गरिएका चल्लाहरूलाई पशु क्वारेन्टाइन पर्साका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, ग्रामिण कुखुरा व्यवसायी संघका प्रतिनिधि तथा स्थानीय सञ्चारकर्मीको रोहबरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साको परिसरभित्र खाल्डो खनी पुरेर नष्ट गरिएको छ।सशस्त्र प्रहरीको यो कारबाहीले अवैध तस्करी नियन्त्रणमा मद्दत पुग्ने विश्वास लिइएको छ। स्थानीय प्रशासनले अवैध वस्तुहरू भित्र्याउने विरुद्ध थप कडा कदम चाल्ने तयारी गरिरहेको जनाएको छ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >