हुण्डीको ५ लाख ५० हजार नगद सहित एक भारतीय वीरगञ्जबाट पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20240628_190115862-1536x863

वीरगञ्ज । हुण्डी कारोबारमा संलग्न रहेको भन्दै पर्सा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा भारत बिहार पश्चिमी चम्पारण जिल्ला वेतीया ग्राम ईनरूवा बजार बस्ने बर्ष ३२ का सिताराम प्रसाद कुशवाहालाई पाँच लाख पचास हजार नगदसहित पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार बिहीबार साढे १ बजे पर्साको जगरनाथपुर गाउँपालिका वडा नं.५ मसियानी स्थित म.प्र.०३-०२६ प ५५९२ नम्बरको मोटरसाइकलमा सवार कुशवाहालाई रोकी खानतलासी गर्दा श्रोत खुल्न नसकेको रकम बरामद भएको थियो ।

मोटरसाइकलको दाहिने कार्वोरेटरभित्र लुकाई छिपाई राखिएको स्रोत नखुलेको नेपाली रु.१००० दरको नोट ५०० थान र रु.५०० दरको नोट १०० थान गरी जम्मा पाँच लाख पचास हजार रुपैयाँसहित कुशवाहालाई नियन्त्रणमा लिई निज विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >