राैतहटमा बस दुर्घटना : एक युवतीको मृत्युु , ८ जना घाइते

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1719629990718

१५असार :राैतहटकाे गरुडा नगरपालिको सखुवा र जयनगरको बीचमा शनिबार बिहान बस दुर्घटना भएको छ । ना ७ ख ८४१४ नम्बरको बस दुर्घटना हुँदा एक जना युवतीको मृत्यु भएको छ।

बस दुर्घटनामा माधवनारायण नगरपालिका वडा नम्बर ३ भेल्हीकी १८ वर्षीया नेहा कुमारी गिरीको मृत्यु भएको हो। दुर्घटनामा एक जना गम्भीरघाइते र सात जना सामान्य घाइते भएकाे जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गौरबाट भैरहवातर्फ गइरहेको बस गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने गरुडा नगरपालिका वडा नम्वर १ स्थित जयनगर चोकमा शनिबार बिहान करिब ८ बजे अनियन्त्रित भइ दुर्घटना भएको हाे।

बस दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी स्थानीय अस्पतालमा उपचारको लागि पठाइएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन्।

बस चालक फरार रहेको हुँदा खोजी भइरहेको तथा दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेकाे गिरीले जानकारी दिइन्।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >