एउटै व्यक्ति दुई वा दुई भन्दा बढी सहकारीको पदाधिकारीमा बस्न नपाउने

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
sahakari-bivag

सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था लागू गरेको छ ।

विभागले कोही ब्यक्ति सहकारी संस्थाहरुको दोहोरो पदमा बसेको भए एक महिनाभित्र त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई नर्देशन दिएको हो ।

सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेको स्मरण गराउँदै उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको हो ।

यो व्यवस्था सहकारी बैंकको हकमा पनि लागु हुने विभागको भनाई छ । निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन गरिने कार्यान्वयन तथा नभएको पाइएमा कानून बमोजिम कारबाही गरिने पनि विभागले जनाएको छ । यस्तै विभागले सहकारी संस्थाका ऋणीहरुको कर्जा तीन महिनाका लागि पुनर्तालिकरण गर्न पनि परिपत्र गरेको छ ।

कर्जाको मूल्यांकन गरी पाकेको व्याजको ५० प्रतिशत व्याज भुक्तानी गरेमा बाँकी रकम तिर्न तीन महिनाको अवधि दिने गरी पुनर्तालिकीकरण गर्न सकिने विभागको परिपत्रमा उल्लेख छ ।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >