बिरगंज कारागारमा एक जना कैदीको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1596157917.Birgunj-Karagar-1

बिरगंज ,२२ असार। पर्सा स्थित बिरगंज कारागारमा एक जना कैदीको मृत्यु भएको खबर प्राप्त भएको छ।

मृत्यु हुनेमा बिरगंज-११ श्रीपुरका ३० वर्षीय अनिल कुमार महतो रहेको प्रहरीले जनाएको छ।

शनिबार बिहान करिब १०/११ बजेको समयमा कारागारको मेसमा काम गर्ने क्रममा धारामा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धान बाट अनुमान गरिएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन् ।

पर्सा प्रहरीका अनुसार घटनाको खबर प्राप्त हुन् साथ  घटनास्थलमा तत्कालै प्रहरी टोली पुगि र आवश्यक अनुसन्धान कार्य अघि बढाइएको र मृतकको शरीरलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल बिरगंजमा पठाइएको हो।

महतो जवरजस्ती करणी मुद्दामा २०७५ सालदेखि बिरगंज  कारागारमा कैदीको रूपमा सजाय भोग्दै आएका थिए।

सो घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीले जनाएको छ।Share 0Tweet 0

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >