बसको झ्यालबाट हामफालेका यात्रुको बयान- म त बाँचेँ, सँगैका साथी बेपत्ता भए

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Passenger-of-Chitwan-Accident

२८ असार, रौतहट । काठमाडौंबाट रौतहटको गौर आइरहेको गणपती डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन् ।

हामफालेर आफ्नो ज्यान जोगाउनेहरुमा रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना छन् । उनीहरुलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पुर्‍याइएको छ ।

अर्को बस चढेर नारायणगढतर्फ जाँदै गर्दा सिसवाधमौराका एक यात्रुले घटनाबारे भनेको भिडियो अनलाइनखबरलाई प्राप्त भएको छ । ती यात्रुले बस खस्न थालेपछि आफू क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । अरु दुई जनाले पनि त्यसैगरी ज्यान जोगाएका थिए ।

ती यात्रुका अनुसार उनीसँगै क्याबिनमा चार जना पनि थिए । उनले आफूसँगैका यात्रु र आफ्ना झोलासहितका सामान बेपत्ता भएको बताएका छन् 

सो भिडियोमा उनलाई अरु यात्रुहरुले ‘सामानको के कुरा ज्यान जोगिनु ठूलो कुरा हो’ भन्दै सम्झाएको सुनिन्छ ।

आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ । यद्यपि यात्रुहरुको एकिन विवरण भने थाहा हुन सकेको छैन ।

पहिरोमा परेर बससहित यात्रुहरु त्रिशूली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >