५ लाख ८२ हजार रकम स्रोत नखुलेको बि.ओ.पी बरैनियाका सशस्त्र प्रहरीले बरामद गरियो

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-07-14 at 22.57.42_3161e337

सशस्त्र प्रहरी बल बारा बिओपी बरैनियाले स्रोत नखुलेको रकम ५ लाख ८२ हजार ५ सय नेपाली रुपैया सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको  छ्।

असार २९ गते राति १०:३० बजेको समयमा बाराको बिश्रामपुर गाउँ पालिका-४ बलिरामपुर पोखरी नेपाल भारत सीमा ईलाकामा बिओपी बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको टोलीले प्रदेश २-०३०१८ प ८१२० नंम्बरको २२० पल्सर मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार भारत बिहार मोतिहारी पुर्वी चम्पारण रक्सौल १२ लोहारपट्टी टोलमा बस्ने भारतिय नागरिक बर्ष ४६ को मनोज कुमार सिंहलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।

निजको साथबाट स्रोत नखुलेको १ हजारको ३१७ थान नेपाली नोट र ५०० को ५३१ थान नेपाली नोट जम्मा गरि ५ लाख ८२ हजार ५ सय नेपाली रुपैया बरामद भएको बिओपी बरैनियाले जानकारी गराएको छ।

सो रकम तथा मुल्य रु.३ लाख बराबरको मोटरसाइकलसहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको प्रकृयाअगाडि बढाईएको सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले बताएका छन् ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >