पेस्तोलसहित बाराबाट तीनजना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
pakraw12024-07-15-10-51-28

बारा प्रहरीले एक थान कटुवा पेस्तोलसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको महागढीमाई नगरपालिकाबाट शनिबार दिउँसो हतियारसहित नियन्त्रणमा लिएका उनीहरूलाई आइतबार राति सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा महागढीमाई नगरपालिका– ११ मधुरीजब्दी बस्ने अन्दाजी वर्ष ५४ का रमजान अन्सारी, सोही ठाउँ बस्ने वर्ष २५ का सुलतान अन्सारी र वर्ष ४५ का रामकृपाल साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कलैया र प्रहरी चौकी बरियारपुरबाट खटेको प्रहरी टोलीले रमजान अन्सारीले गाउँनजिकैको आँपको बगैँचामा खाल्टो खनी जमिनमुनि लुकाइछिपाई राखेको अवस्थामा कटुवा पेस्तोल बरामद गरेपछि उनीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

घटनामा संलग्नहरूमाथि हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा कलैयाबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >