बारा ०८ साउन ।बाराको बिश्रामपुर गाउपालिकाका पशु शाखाका कर्मचारी गुलाब मेहताले आफ्लो शाखामा काम नगरी योजना र जिन्सी शाखामा बसेर ब्रम्हलुट मचाउदै आएको समाचर प्रकाशमा आएको छ ।
समाचर स्रोतको अनुसार पशु शाखामा दरबन्दी भएका गुलाब मेहता बिगत पाच बर्ष देखी योजना र जिन्सी शाखामा कार्यरत छन ।गाउपालिकाका अध्यक्ष जुलुफकार अलि भूटो निर्वाचित भएपछि पनि आफ्नो दरबन्दी भएको पशु शाखामा गएका छैनन।
अध्यक्षका साथै प्रमुख प्रशासकिय अधिकृत शुधन लामिछानेलाइ खुशी परेर योजना र जिन्सी शाखामा हालिमुहालि चलाउदै अएका छन। मेहता मालदार शाखा योजना र जिन्सिमा कार्यरत रहन गा.पा.अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतलाई समेत खुसी पार्ने गरेकोले उनलाई आफ्नो दरबन्दी भएको पशु शाखमा सरुवा नगरेर योजना र जिन्सी शाखामा राखिएको छ ।
जनप्रतिनिधि गा.पा.अध्यक्ष,उपाध्यक्ष,वाड अध्यक्ष,कर्मचारी र ठेक्दारहरुलाई समेत मिलाउन सक्ने खुबी भएको कारण मेहतालाई हटाइएको छैन।
योजना र जिन्सि शाखा मालदार शाखा भएको र मेहताले मिलाएर सबैलाई खुसी पार्न सक्ने भएकोले मेहतालाई नहटाइएको स्थानियहरु बताएका छन् ।
कर्मचारीको अभाब भएको अबस्थामा केहि समयको लागी अर्को शाखाका कर्मचारीलाइ काम लगाउन सकिने भएपनि लामो समय राख्न नपाइने र जुन शाकामा दरबन्दी छ त्यही शाखामा फिर्ता पठाइनुपर्ने कानुनि ब्यास्था छ तर पशु शाखाका कर्मचारी महेतालाइ यनकानुन बिपरित बिगत पाच बर्ष देखी योजना र जिन्सी शाखामा राखिएको छ । यस तर्फ प्रमुख जिल्ला अधिकारी , सामान्य प्रशासन मन्त्रालयको गम्भिर ध्यान जान जरुरी छ ।

