पर्सा प्रहरीद्वारा ३ लाख ७० हजार बराबरको लत्ताकपडा र खाद्यान्न बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
DPO-Parsa--saman---Yatra_CmOyVNx4G4

वीरगञ्ज । पर्सा प्रहरीले विभिन्न स्थानबाट तीन लाख ७० हजार बराबरको लत्ताकपडा तथा खाद्यान्न सामान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ रेल्वेरोडस्थित सडकखण्डबाट प्रहरीले ४८५ किलोग्राम चिनी नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपमा ल्याइएको ४० हजार मूल्य बराबरको चिनी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ गहवास्थित सडकखण्डबाट प्रहरीले एक लाख १० हजार रुपैयाँ बराबरको चार बोरा मिट मसाला नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गण्डकले एक लाख ८० हजार बराबरको लेडिज कुर्ता सुरुवाल नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । उनकाअनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चौकबाट ७६ पिस कुर्ता सुरुवाल, ६० पिस जेन्स कुर्ता, २२४ पिस स्टिलको कचौरा लगायतका सामग्री बरामद गरिएको हो । 

प्रहरी चौकी ईनर्वाले पनि ४० हजार बराबरको कपडा नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चौकस्थित सडकखण्डबाट लेडिज कुर्ता सुरुवाल, प्लाजो, कुर्ता सेट, चुरा, चिनी र प्याज नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । भन्सार छलीका सामान आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । 
 

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >