बाराको बारागढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा चौधरी हाजिर भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपछि सरोज कुमार चौधरी गाउँपालिकामा हाजिर भएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई गाउँपालिकाका अध्यक्ष अशोक कुमार जयसवालले सोमबार पालिकामा स्वागत गरेका छन् ।
उक्त कार्यक्रममा वडा अध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्य,विभिन्न शाखाका शाखा प्रमुख,कर्मचारी,संचारकर्मीहरु लगायतको स्वागत तथा परिचात्मक कार्यक्रममा उपस्तिथि रहेको थियोे ।
यस अघि बारागढी गाउँपालिकामा सुनिल केशरीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

