पर्साको धोबिनीमा ३५ वर्षीय पुरुष मृत फेला

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
sab

१५ साउन,वीरगञ्ज । पर्साको धोबिनी गाउपालिकामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । गाउपालिकाको वडा नम्वर ५ नहरमा एकजना ३५ वर्षीय मृत भेटिएका हुन् ।

तुलसीवर्वा चोकस्थित सडक छेउको नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । सोही वडाका कपिल देव राम आज बिहान ६ बजे मृत भेटिएका पर्सा प्रहरीका प्रवक्ता डिएसपी दिपक भारतीले पुष्टि गरे ।उनका अनुसार स्थानीयले नहरमा शव देखेपछि प्रहरालाई खबर गरेका थिए । फेला परेको उक्त शव प्रहरी मुचुल्कापछि पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको प्रहरी  भनाइ छ ।

मृतक रामले मादक पदार्थ सेवन गरी नहरमा उनको ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >