पर्सामा दुई हजार दुई ९१ क्युफिट काठ बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1721304080-Fvt1e_SOk0iyrsFJ

वीरगञ्ज । डिभिजन वन कार्यालय पर्साले अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार दुई सय ९१ क्युफिट काठ बरामद गरेको छ । कार्यालयले आर्थिक वर्षदेखि २०७९/८० देखि २०८०/८१ सम्ममा सो परिमाणको काठ बरामद गरेको डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिलकुमार कर्णले जानकारी दिनुभयो ।

“सो अवधिमा वनपैदावर तथा वन्यजन्तु चोरी सिकारी गर्ने कार्यमा संलग्न भएका दुई सय २६ जनालाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएका छौं”, उहाँले भन्नुभयो । कार्यालयले अवैध ढङ्गले दाउरा चोरी तस्करी गर्नेबाट पाँच सय क्यूफिट बराबरको दाउरा समेत बरामद गरेको जनाएको छ ।

कार्यालयले काठ दाउरा तस्करी गर्नेबाट १५ थान मोटरसाइकल, एक सय ४३ थान साइकल, छ थान ट्याक्टर, छ थान टायरगाडा, ४२ थान बञ्चरो, २० थान काठ काट्ने आरा पनि बरामद गरेको जनाएको छ ।कार्यालयले आव २०७९/८० मा एक सय २६ वटा वनसम्बन्धी मुद्दा दायर गरेको थियो । जसमा एक सय २० थान वनपैदावरसँग र छ वटा मुद्दा भने वन्युजन्तु चोरी सिकारीसँग सम्बन्धित थिए । आव २०८०/८१ मा भने कार्यालयले ४२ वटा वन पैदावरसँग सम्बन्धित मुद्दा दायर गरेको थियो ।कार्यालय प्रमुख कर्णले चालु आवमा वनपैदावरसँग सम्बन्धित मुद्दालाई प्रथामिकतामा राखेर फस्र्यौट गरिने बताउनुभयो । “कार्यालय केही समय निमित्तका भरमा चलेकाले वनपैदावरसँग सम्बन्धित मुद्दा टुङ्गो लगाउन सकिएन्”, उहाँले भन्नुभयो, “वनपैदावरसँग सम्बन्धित मुद्दाको आवश्यक कागजात सङ्कलनको प्रक्रिया अघि बढेको छ । त्यसैले अब वन पैदावरसँग सम्बन्धित मुद्दा मुद्दा फस्र्यौट प्रक्रिया अघि बढाइनेछ ।”

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >