एक सय ९५ कार्टुन चाईनिज ताससहित पिकअप गाडी प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20240825-WA0016-860x820

बारा प्रहरीले एक सय ९५ कार्टुन चाईनिज तास सहित पिक अप गाडी नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा आइतबार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १४ बघवनबाट सो भ्यान नियन्त्रणमा लिएको हो ।

वीरगंजबाट बरियारपुर तर्फ जादै गरेको ना ५ च १८०१ नम्बरको पिकअप गाडीलाई रोकी जाँच गर्ने क्रममा प्रहरीले एक सय ९५ कार्टुन चाईनिज तास बरामद गरेको हो ।

पिकअप गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको हो । पिकअप गाडीमा बिल बिजकसंग नमिलेको १ सय ९५ कार्टुन चाईनिज तास अन्दाजी मुल्य रू. दुई लाख बहतर हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

उक्त चाईनिज तास सहित पिकअपलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय,पथलैयामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >