बंगलादेशमा विद्यार्थी संगठनबीच झडप

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1-bangaladesh_bidyarthi_dxh98Q6ram

बंगलादेशको राजधानी ढाकामा फेरि हिंस्रक झडपका घटना भएका छन्। गएराति राजधानी ढाकामा विद्यार्थी संगठनबीच झडप भएको हो। 

ढाका ट्रिब्यून अखबारका अनुसार झडपमा दुवै पक्षका कैयौँ विद्यार्थी घाइते भएका छन्। हालको सत्ता पक्षका विद्यार्थी संगठन र पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी निकट विद्यार्थी संगठनबीच गएराति ९ बजेदेखि राजधानी ढाकाका विभिन्न स्थानमा झडप भएको हो। 

ढाका विश्वविद्यालयका विभिन्न क्षेत्रमा शुरुमा प्रदर्शन भएको र त्यसपछि झडप भएको समाचारमा जनाइएको छ। यस्तै केही अखबारले अन्तरिम सरकारमा सल्लाहकारका रूपमा भएको सहभागितामा आपत्ति जनाउँदै विद्यार्थीले प्रदर्शन गरेको उल्लेख छ। 

केहीले भने हिन्दु र मुस्लिम समुदायका विद्यार्थीबीचको विवादपछि झडपको अवस्था सिर्जना भएको दाबी गरेका छन् । प्रहरीले रातभरमै स्थिति सामान्य बनाएको जनाइएको छ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >