सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग प्रहरीले लियो बयान

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Rabi_bGhWZv17fn

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले प्रहरीमा बयान दिएका छन्। 

पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा प्रहरीले लामिछानेसँग बयान लिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्मासहितको टोलीले काठमाडौं आएर पूर्वगृहमन्त्री तथा सांसद लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिएको हो।

लामिछानेको समेत नाम उल्लेख गरेर पूरक जाहेरी परेपछि त्यसबारे  प्रहरीले सोधपुछ गरेको हो। उनलाई सोधपुछ गरिएको प्रहरीको उच्च स्रोतले पुष्टि गरेको छ।

सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा समेत ऋण लिएको भेटिएपछि गत माघ १६ २०८० मा बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए। तर, लामिछानेसहित तीनै जनाले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफूहरुको संलग्नता अस्वीकार गरेका छन्।

यसअघि उनीहरू तीनै जनासँग सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले बयान लिएको थियो। लामिछानेसँग समितिले ९ घण्टा बयान लिएको थियो। 

सूर्यदर्शन सहकारीको वचत अपचलनमा सुरुमा जाहेरी परेका १९ जनामध्ये पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामी मगर र सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि थुनामा छन्।

यो ठगी प्रकरणमा पछिल्लो पटक काठमाडौं दक्षिणकालीबाट ४८ वर्षीय अनुज नकर्मी पक्राउ परेका थिए।

यो प्रकरणमा सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र, हालका अध्यक्ष तथा व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, मनोज नकर्मी, सुरज श्रेष्ठ, कविता तामाङ, आइस्मा गुरुङ, ललिता तामाङ, सागर केसी, दिनेश रोका, लेखा अधिकृत सृष्टि मानन्धर र कर्जा अधिकृत बुद्धि गुरुङ गरी १३ जना फरार छन्।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >