युक्रेनसँग युद्धको दुई वर्ष : ७० हजारभन्दा बढी रुसी सैनिकको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1-russian_soldier_V3jDiNfo9z

रुस-युक्रेन युद्धको दुई वर्षमा ७० हजारभन्दा बढी रुसी सैनिकको मृत्यु भएको छ। बीबीसीले विभिन्न तथ्यांक र प्रमाणहरुको विश्लेषणका आधारमा युद्धमा ७० हजार ११२ रुसी सैनिकको मृत्यु भएको पुष्टि गरेको हो। 

सन् २०२२ मा सुरु भएको युद्धमा हालसम्मकै ठूलो संख्यामा सैनिकको मृत्यु भएको पाइएको बीबीसीको भनाइ छ। मृत्यु हुनेमा सैनिक, अर्धसैन्य बलका लडाकु तथा हतियार बोकेका सर्वसाधारणसमेत छन्। यो तथ्यांक पुष्टि गर्न बीबीसीले सामाजिक सञ्जालमा दैनिकजसो श्रद्धाञ्जली व्यक्त गरेर सार्वजनिक हुने पोष्ट, रुस सरकारले सार्वजनिक गर्ने तथ्यांक र अन्त्येष्टि गरिने ठाउँको तथ्यांकसमेत विश्लेषण गरेको छ। 

बीबीसीले युक्रेनमा मारिने रुसी सैनिकको संख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ। मृत्युको पृष्टि भएका ७० हजार बढी सैनिकको भने विस्तृत विवरण संकलन गरिएको छ। यो संख्यामा रुसी कब्जामा पुगेका दोनेत्सक तथा लुहान्स्कका मिलिसियाको विवरण सामेल गरिएको छैन। 

पुष्टि भएका मृतकमध्ये १३ हजार ७८१ स्वयमसेवक छन्। मृत्यु हुनेमा सबैभन्दा बढी पूर्व कैदी छन्, जसलाई अपराध माफी गर्ने शर्तमा रुसले युक्रेनमा लड्न पठाएको थियो। यो संख्या झण्डै १९ प्रतिशतभन्दा बढी छ। यसैगरी युक्रेनमा लड्नकै लागि भर्ती भएकाको संख्या १३ प्रतिशत छ। 

यस्तै युद्धमा मारिने युक्रेनी सैनिकको संख्या पनि निकै ठूलो रहेको अनुमान गरिएको छ। गत फेब्रुअरीमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकले आफ्ना ३१ हजार सैनिक मारिएको बताएका थिए। तर यो संख्या ठूलो रहेको बीबीसीको अध्ययनले देखाएको छ। युद्धको अग्रमोर्चामा स्वयं सेवक, अर्धसैन्य बल तथा कैदीलाई पठाउने गरेकाले मृतकको संख्या ठूलो रहेको पाइएको बीबीसीले जनाएको छ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >